close

मोबाइलको सर्च इन्जिनमा गुगलले हटायो ‘सी मोर’ अप्सन

टेकपाना टेकपाना

कात्तिक २, २०७८ २०:३५

मोबाइलको सर्च इन्जिनमा गुगलले हटायो ‘सी मोर’ अप्सन

काठमाडौं । गुगलले एन्ड्रोइड र आईफोन प्रयोगकर्ताका लागि आफ्नो सर्च इन्जिनमा नयाँ परिवर्तन गरेको छ । गुगलको आफ्नो मोबाइल सर्च सेवालाई असीमित बनाउँदै नयाँ फिचर सार्वजनिक गरेको हो ।

अब प्रयोगकर्ताले मोबाइलको गुगल सर्चमा गएर कुनै सामग्री खोज्दा स्क्रिनको अन्तिममा गएर थप रिजल्टका लागि ‘सी मोर’ मा क्लिक गर्नु नपर्ने फिचर ल्याएको छ ।

प्रयोगकर्ताले आफूलाई आवश्यक सामग्री नभेटेसम्म स्क्रोल गरिरहने सक्नेछन् । अहिले भने गुगल सर्च विभिन्न पेजमा बाढिएको छ ।

एउटा पेजको रिजल्ट सकिएपछि अर्को पेजमा जानुपर्ने हुन्छ, जसको लागि ‘सी मोर’ अथवा अर्को पेज नम्बर थिच्नुपर्ने व्यवस्था छ । यसले गर्दा रिजल्ट लोडिङ हुन पनि समय लाग्ने स्थिति थियो ।

तर अब भने यो व्यवस्था रहने छैन । परिमार्जित व्यवस्थाअनुसार प्रयोगकर्ताले खोजेको सामग्री नपाएसम्म आरामले स्क्रोल गरिरहन सक्नेछन् ।

आजबाट सुरु भएको गुगलको यो फिचर अपडेट सबैभन्दा सुरुमा अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछ । त्यसपछि केही दिनभित्रै विश्वभर नै यो फिचर उपलब्ध हुने कम्पनीले बताएको छ । यसको अर्थ नेपालमा पनि यो चाँडै नै लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२