close

ह्वावे र अमेजनसँग प्रतिस्पर्धा गर्न फाइभ एनएम आर्म सर्भर चिप निर्माण गर्दै अलिबाबा

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ ८:१४

ह्वावे र अमेजनसँग प्रतिस्पर्धा गर्न फाइभ एनएम आर्म सर्भर चिप निर्माण गर्दै अलिबाबा

काठमाडौं । सर्भर बिजनेशमा आर्म सर्भर यतिबेला नयाँ प्रचलन जस्तै बनेको छ । सानो आकार, सहज प्रयोग, क्षमतावान र सस्तो मूल्यका कारण पनि यसको प्रयोग बढ्दै गएको हो ।

अझ आउँदा दिनमा यसले एक्स८६ सर्भरलाई विस्थापित गर्दै प्रमुख सर्भरको रुपमा स्थापित हुने अपेक्षा समेत गरिएको छ ।

सर्भर चिप बजारमा यतिबेला ९० प्रतिशत हिस्साका साथ इन्टेलको एक्स८६ प्रोसेसर सबैभन्दा अघि रहेको छ ।

भने, ह्वावेको कुनपेंङ चिप र अमेजनको एडब्लूएस ग्रयाभियसन पछिल्लो समय उदाउँदा ब्राण्ड हुन् ।

यस्तोमा बजारमा अब अर्को कम्पनी पनि प्रवेश गर्ने तयारी गरेको छ । विश्वकै तेस्रो ठूलो क्लाउड सर्भर प्रोभाइडर अलिबाबाले समेत फाइभ एनएम प्रविधिमा आधारित आर्म सर्भर प्रोसेसर सार्वजनिक गर्ने तयारी गरेको हो ।

योसँगै ह्वावेपछि क्लाउड सर्भरमा आफैंले निर्माण गरेको चिप प्रयोग गर्ने चिनियाँ कम्पनीमा अलिबाबा दोस्रो हुनेछ ।

सार्वजनिक भएको जानकारीअनुसार अलिबाबाले सार्वजनिक गर्ने उक्त प्रोसेसर १२८ कोरको हुनेछ । जुन यसअघि ह्वावे र अमेजनले बजारमा उपलब्ध गराइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२