अब फेसबुककाे नाम परिवर्तन हुने, रिब्राण्डिङ गर्दै कम्पनी

facebook-mark-zuckerberg-techpana

काठमाडौं । फेसबुकले नाम परिवर्तन गर्ने तयारी गरेको छ । मेटाभर्स परियोजनालाई दर्शाउने गरी कम्पनीले आउँदो साता फेसबुककाे नाम परिवर्तन गर्ने भएको हो ।

कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा कम्पनीको नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएका छन् ।

नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम भर्जले उल्लेख गरेकाे छ ।

जसरी सन् २०१५ मा गुगलले आफ्नो मुख्यको कम्पनीको नाम अल्फाबेट बनाएको थियो । फेसबुकले पनि सोहीअनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका अन्य कम्पनीलाई समेट्ने गरी मुख्य कम्पनी खडा गर्नसक्ने आँकलन गरिएको छ ।

हालसम्म यी सबै कम्पनी फेसबुक ईंकअन्तर्गत सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team