close

कोडिङमा इच्छुक महिलाका लागि फेलोसिप आह्वान

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ १३:२८

कोडिङमा इच्छुक महिलाका लागि फेलोसिप आह्वान

काठमाडौं । आईटी कम्पनी ‘कोड रस’ ले महिलालक्षित देशव्यापी फेलोसिप कार्यक्रमको आयोजना गरेको छ ।

आईटी इन्जिनियरिङमा स्नातक भर्खरै सकेर बसेका विद्यार्थीका लागि कम्पनीले ‘कोड लाइक हर फेलोसिप प्राेग्राम-२०२१’ को दोस्रो संस्करणको लागि आवेदन आह्वान गरेको छ ।

देशभरका इच्छुक महिला आवेदकले कार्यक्रमका लागि आवेदन दिन सक्नेछ्न् । गत वर्ष यो फेलोसिप देशभरका १६ जना महिलाले प्राप्त गरेका थिए ।

भर्चुअल रुपमा सम्पन्न हुन गइरहेको चार महिने लामो यो कार्यक्रम मंसिर २६ गतेबाट सुरु हुनेछ । आफ्नो स्नातक सकेर करियरको लागि अप्सन खोजिरहेका विद्यार्थीहरूको लागि यो एउट राम्रो अवसर हुने कम्पनीले बताएको छ ।

कार्यक्रमका सहभागीका लागि कोडिङ बुटक्याम्पको आयोजना गरिनेछ । जसअन्तर्गत विभिन्न प्रस्तुति, वर्कशप, प्रोजेक्ट, आईटीसम्बन्धी कक्षा लगायत उपलब्ध हुनेछन् । 

यस कार्यक्रममा सहभागी हुनका लागि कार्तिक १० गतेसम्म अन्तिम आवेदन दिन सकिनेछ । आएका आवेदनमध्ये कुल १८ जनालाई छनौट गरी फेलोसिप प्रदान गरिने कम्पनीले बताएको छ । 

कार्यक्रममा आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२