close

युट्युव अकाउन्ट कब्जा गर्ने १६ लाख फिशिङ ईमेल रोकेको गुगलको दाबी

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १९:५२

युट्युव अकाउन्ट कब्जा गर्ने १६ लाख फिशिङ ईमेल रोकेको गुगलको दाबी

काठमाडौं । सन् २०२१ मे महिनायता मात्रै १६ लाख फिशिङ ईमेल रोकेको गुगलले दाबी गरेको छ ।

युट्युव अकाउन्ट कब्जामा लिएर क्रिप्टोकरेन्सी घोटालासम्बन्धी सामग्री प्रवर्द्धन गर्ने योजनासहित पठाइएका यस्ता फिशिङ ईमेल रोकेको गुगलको दाबी छ ।

गुगलको थ्रेट एनालाइसिस ग्रुप (टीएजी) का अनुसार सन् २०१९ यता रुसी ह्याकरहरूको समूहले ठूलो फिशिङ अभियान चलाइरहेका छन् ।

यी ह्याकरको समूहले विशेषगरी युट्युवरलाई लक्षित गरिरहेको गुगलको दाबी छ ।

युट्युव अकाउन्ट कब्जामा लिने र निःशुल्क क्रिप्टोकरेन्सी दिनेभन्दै लाइभ स्ट्रिमिङ गरी ठगी गर्ने उद्देश्यसहित यो ग्रुपले यस्तो अभियान चलाइरहेको गुगलले जनाएको छ ।

यत्ति गरेपछि उनीहरूले युट्युव अकाउन्टमा भएको सब्स्क्राइबरको आधारमा तीनदेखि चार हजार डलरसम्म युट्युव च्यानल बिक्री गर्ने गरेको भेटिएको छ ।

मे महिनायता मात्रै युट्युवरहरुलाई लक्षित गरी पठाइएको १६ लाख ईमेल रोकेको र ह्याकरहरूले कब्जामा लिएका चार हजार अकाउन्ट सम्बन्धित प्रयोगकर्तालाई नै फिर्ता गरेको गुगलको तथ्यांक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२