close

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको सस्तो स्मार्टफोन ‘सी३०’ सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ ८:५१

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको सस्तो स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडौं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।

भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ ।

यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

त्यस्तै फोनमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ । कम्पनीले एक पटकको चार्जमा तीन दिनसम्म ब्याट्री टिक्ने दाबी गरेको छ ।

यो फोनको पछाडि दुईवटा क्यामेरा छ, जसमा मुख्य सेन्सर १३ मेगापिक्सेलको छ । कम्पनीले ‘सी’ सिरिज डिभाइसमध्ये यो फोनमा हाई रेजोलुसन दिएको दाबी गरेको छ । पोट्रेट शटका यो लागि २ मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ ।

त्यस्तै सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको छ ।

यो फोन नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२