close

ओलम्पिकमा भएको थियो ४५ करोड पटक साइबर आक्रमणको प्रयास

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ १९:२५

ओलम्पिकमा भएको थियो ४५ करोड पटक साइबर आक्रमणको प्रयास

काठमाडौं । जुन महिनामा जापानमा भएको ओलम्पिक र पाराओलम्पिक खेलकुद प्रतियोगिताको क्रममा ४५ करोड पटक साइबर आक्रमणको प्रयास भएको तथ्य सार्वजनिक भएको छ । ओलम्पिक खेलको टेलिकम्युनिकेसन र नेटवर्क सुरक्षाको जिम्मा लिएको एनटीटी कर्पोरेसनले ओलम्पिकको दौरान भएको साइबर सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य औंल्याएको हो । 

तर तिमध्ये कुनै पनि साइबर आक्रमणको प्रयास सफल हुन नसकेको एटीटीले आफ्नो ब्लग पोष्टमार्फत जानकारी दिएको छ । जापानमा भएको ओलम्पिकको क्रममा भएको साइबर आक्रमणको प्रयास सन् २०१२ मा भएको लण्डन समर ओलम्पिकमा भएको भन्दा साढे दुई गुणा बढी रहेको एनटीटीले जनाएको छ । 

ओलम्पिकको नेटवर्क सुरक्षाको लागि २ सय भन्दा बढी साइबर विज्ञ परिचालन गरिएको एनटीटी कर्पोरेसनले जनाएको छ । ह्याकरहरुले विभिन्न नेटवर्क र प्रणालीमा पहुँच पाउनको लागि ओलम्पिकसँग सम्बन्धित जस्तो देखिने विभिन्न वेबसाइट बनाउनुको साथै फिसिङ ई–मेलहरु समेत पठाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१