तीन मोडलमा सार्वजनिक हुँदै रेड्मी नोट ११, कति होला मूल्य ?

काठमाडौं । साओमीले आउँदो अक्टोबर २८ अर्थात् कात्तिक ११ गते ‘रेड्मी नोट ११’ सिरिज सार्वजनिक गर्दैछ । कम्पनीले तीन मोडलमा यो सिरिज सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसअन्तर्गत कम्पनीले ‘नोट ११’, ‘नोट ११ प्रो’ र ‘नोट ११ प्रो प्लस’ गरी तीन मोडलका स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । हालै एक चिनियाँ टिप्स्टरले यी तीन डिभाइसको मूल्य अनलाइनमा लिक गरेका छन् ।

यसअनुसार चिनियाँ बजारमा रेड्मी नोट ११ को मूल्य ४/१२८ जीबी भेरियन्टको १,१९९ युआन (करिब २२ हजार चार सय रूपैयाँ) हुनेछ ।

त्यस्तै ६/१२८ जीबीको मूल्य १३,९९ युआन (करिब २६ हजार एक सय रूपैयाँ) र ८/१२८ जीबीको मूल्य १५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहने बताइएको छ ।

त्यस्तै रेड्मी नोट ११ मा कम्पनीले ८/२५६ जीबी भेरियन्ट पनि ल्याउने भएको छ, जसको मूल्य १,७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) हुनेछ ।

त्यसैगरी रेड्मी नोट ११ प्रोको मूल्य ६/१२८ जीबी भेरियन्टको १,५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहनेछ । यो फोन पनि ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा आउनेछ, जसको मूल्य क्रमश: १७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) र १९९९ युआन (करिब ३७ हजार चार सय रूपैयाँ) रहनेछ ।

त्यस्तै रेड्मी नोट ११ प्रो प्लसको मूल्य ८/१२८ जीबीको २,१९९ युआन (करिब ४१ हजार एक सय रूपैयाँ) र ८/२५६ जीबीको २,४९९ युआन (करिब ४६ हजार सात सय रूपैयाँ) रहनेछ ।

यी तीनवटै मोडल १२० हर्ज डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीसहित आउने बताइएको छ । साथै यी फोनमा मिडियाटेक डाइमेन्सिटी चिपसेट र फाइभजी कनेक्टिभिटी हुनेछ ।

सबै माेडलका फोनमा डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला भिक्टस रहनेछ । चिनियाँ टिप्स्टरले यी तीनवटै मोडलका स्मार्टफोनका मूल्यसहित केही विवरण वेइबोमा शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team