close

डिशहोमको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटिभी निःशुल्क

टेकपाना टेकपाना

कात्तिक ६, २०७८ १४:५९

डिशहोमको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटिभी निःशुल्क

काठमाडौ । डिशहोमले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटिभी’ अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने कम्पनीले जनाएको छ ।

४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानी गर्दा आईपीटिभी निःशुल्क पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

एक वर्षे प्याकेजको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

सो प्याकेज लिने ग्राहकले आईपीटिभीसहित जडान गर्दाको ड्रप वायर, राउटर, सेटअप बक्स पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै डिशहोमले १०० एमबीपीएसको इन्टरनेट मासिक आठ सय ९९ रुपैयाँमा उपलब्ध गराइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१