close

ह्वाट्सएपको नयाँ डिजाइन आउँदै, अब भिडिओ हेर्न सजिलो हुने

टेकपाना टेकपाना

कात्तिक ६, २०७८ १८:३८

ह्वाट्सएपको नयाँ डिजाइन आउँदै, अब भिडिओ हेर्न सजिलो हुने

काठमाडौं । ह्वाट्सएपमा आएका युट्युव, फेसबुक र इन्स्टाग्रामका भिडिओ हेर्न सजिलो हुने गरी ह्वाट्सएपको नयाँ डिजाइन आउने भएको छ ।

पिक्चर-इन-पिक्चर डिजाइन सुधार्दै ह्वाट्सएपले ठूलो गरी हेर्न मिल्ने बनाउन लागेको हो । केही दिनअघि मात्रै ह्वाट्सएपले आफ्नो एपमा पिक्चर इन पिक्चर फिचर सुरु गर्दै एपभित्रै सानो विन्डोमा भिडिओ हेर्न मिल्ने सुविधा ल्याएको थियो ।

अब यही फिचरलाई सुधार गरी ह्वाट्सएपले सार्वजनिक गर्न लागेको हो । यो फिचर अहिले परीक्षणको क्रममा छ ।

पिक्चर इन पिक्चर नामले चिनिने यो फिचरले एपभित्रै भिडिओ हेर्दै च्याट पनि गर्ने सुविधा दिन्छ ।

अहिले पनि ह्वाट्सएपको बेटा भर्सनका प्रयोगकर्ताले यो फिचर परीक्षणको रुपमा प्रयोग गर्न पाउँछन् । ह्वाट्सएपले पछिल्लो समय आफ्नो एपमा विभिन्न फिचर थप गर्दै परिष्कृत गरिरहेको छ ।

ह्वाट्सएपले भर्खरै मात्रै फोटो र भिडिओ हराउने फिचर सुरु गरेको थियो । निश्चित समयपछि स्वतः डिलिट हुने यो फिचर अर्को एप स्न्यापच्याटबाट प्रभावित छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१