close

आजदेखि ग्लोबल ईस्पोर्टस टुर, नेपालका दुई पब्जी टिम प्रतिस्पर्धा गर्दै

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ ११:५७

आजदेखि ग्लोबल ईस्पोर्टस टुर, नेपालका दुई पब्जी टिम प्रतिस्पर्धा गर्दै

काठमाडौं । साउदी अरेबियामा आजदेखि ग्लोबल ई-स्पोर्टस टुर २०२१ हुँदैछ । उक्त प्रतियोगितामा नेपालबाट दुई पब्जी मोबाइल टिमले सहभागिता जनाउँदै छन् ।

यसअन्तर्गत नेपालका चर्चित पब्जी टिम डीआरएस गेमिङ र ट्रेन्ड टु किल (टीटुके) ले विभिन्न देशका पब्जी टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालका दुईसहित साउदी अरेबिया, मोरोक्को, कुवेत, लेबनान र सिरियाका १६ पब्जी टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरस्कार राशी एक लाख ५० हजार अमेरिकी डलर (एक करोड ८० लाख रुपैयाँ बढी) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१