close

वीर अस्पतालको ल्याब रिपोर्ट अब मोबाइलमै हेर्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ १०:३५

वीर अस्पतालको ल्याब रिपोर्ट अब मोबाइलमै हेर्न मिल्ने

काठमाडौं । राजधानीस्थित देशकै पुरानो वीर अस्पतालका बिरामीले आफ्नो ल्याब रिपोर्ट मोबाइलमै हेर्न पाउने भएका छन् ।

अस्पतालले हालै आफ्ना ल्याब प्रविधि अनुकूल अपग्रेड गर्दै ईमेल तथा मोबाइलमा रिपोर्ट पठाउने सुविधा सुरु गरेको छ ।

यो सुविधासँगै रिपोर्ट लिन अस्पताल नै धाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले बताए ।

यसका लागि बिरामीले ल्याब परीक्षणको क्रममा फोन नम्बर वा ईमेल आईडी टिपाउनुपर्ने जनाइएको छ । यसपछि अस्पतालबाट प्राप्त लिंक खोलेर आफ्नो रिपोर्ट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१