close

आरटीडीएफ परियोजना अन्तर्गत थप ९ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ ९:१५

आरटीडीएफ परियोजना अन्तर्गत थप ९ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार, यसरी लिनुहोस् सेवा

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजना अन्तर्गत थप नौ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको छ ।

यसअन्तर्गत बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दीका साथै बाँके, बर्दिया, दाङ, कैलाली र कञ्जनपुरमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

यी सबै जिल्लामा टेकमाइण्स नेटवर्कले इन्टरनेट विस्तार गरेको हो । यसअघि टेकमाइण्सले नै इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा ब्रोडब्याण्ड नेटवर्क निर्माण गरी इन्टरनेट सेवा विस्तार गरेको थियो ।

त्यस्तै वर्डलिंक कम्युनिकेशन्सले कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा सेवा विस्तार गरेको थियो ।

यी जिल्लाका नगरपालिका, गाउँपालिका, वड़ा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्र/अस्पतालहरूमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

साथै त्यहाँबाट समस्या सम्बोधन नभएको खण्डमा प्राधिकरणको फोन नं. ०१-५३५५४७४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यी नगरपालिका, गाउँपालिका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरूमा इन्टरनेट सेवा जडान हुन छुट भभए ३० दिनभित्र प्राधिकरणमा जानकारी गराउन सकिन्छ ।

साथै यी जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने छ । सेवाप्रदायकको सम्पर्क नम्बर तलको सूचनामा दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१