काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ । त्यसमध्य *१०१# अथवा *९०१# डायल गरेर मोबाइलको ब्यालेन्स जाँच प्रायजसो सबैले गर्छौं ।
रिचार्ज गर्दा प्रयोग हुने *१०२# र *९०२# पनि हामी धेरैलाई थाहा भएको युएसएसडी कोड हो । यी त हरेक दिन प्रयोगमा आउने कोड भएकाले हामी सबैलाई याद नै भइरहेको हुन्छ ।
एनसेलका यस्ता धेरै कोड तथा नम्बरहरु छन, जसको प्रयोग गरेर ग्राहकले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाको उपभोग गर्न सकिन्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत एनसेलमा लिन सकिने सेवाको बारे जानकारी गराउँदै छौं ।
यसअन्तर्गत ब्यालेन्सको जानकारी लिने, रिचार्ज गर्ने, फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, गुनासो गर्ने, रिङब्याक टोन राख्ने लगायतका सेवा छन् । उक्त सेवा कसरी लिने त ?
सेवा
कोड तथा नम्बर/म्यासेज की वर्ड
१.
ब्यालेन्स चेक
*१०१# अथवा *९०१# डायल गर्नुहोस् ।
२.
एनसेल रिचार्ज
*९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।