close

बर्दियामा टेलिकमको उच्च गतिको एफटीटीएच इन्टरनेट विस्तार

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ १७:११

बर्दियामा टेलिकमको उच्च गतिको एफटीटीएच इन्टरनेट विस्तार

गुलरिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा नेपाल टेलिकमको द्रुत गतिको एफटीटीएच इन्टरनेट सेवा विस्तार भएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग एफटीटीएच सेवामार्फत कुरा गरी यो सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नेपाल टेलिकम नेपालगन्ज कार्यालयका उपप्रबन्धक निरज न्यौपाने, सूचना अधिकारी मुक्तिनाथ ज्ञवाली, गुलरिया कार्यालय प्रमुख जीतराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम घिमिरे, वडाध्यक्ष निरज शर्मा, वरिष्ठ पत्रकार कमल पन्थीलगायतको उपस्थिति थियो ।

टेलिकमले यो आर्थिक वर्षलाई एफटीटीएच सेवा विस्तारको वर्षको रुपमा मनाउने घोषणा गरेको छ । यसअन्तर्गत ६० बढी जिल्लामा सेवा विस्तार भइसकेको छ ।

एफटीटीएच सेवा विस्तारका लागि हालसम्म ११ लाख ७४ हजार घरधुरीका लागि डिजिटल म्यापिङको काम भएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१