close

ग्लोबल ई-स्पोर्टस टुरमा सातौं र आठौं भए नेपाली पब्जी टिम

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १२:७

ग्लोबल ई-स्पोर्टस टुरमा सातौं र आठौं भए नेपाली पब्जी टिम

काठमाडौं । पब्जी मोबाइलको ‘ग्लोबल ई-स्पोर्टस टुर २०२१’ मा सहभागी नेपाली दुई टोलीले सातौं र आठौं स्थान प्राप्त गरेका छन् । कार्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाली टोलीहरू ट्रेन्ड टु किल (टीटुके) र डीआरएस गेमिङले क्रमश: सातौं र आठौं स्थान हासिल गरेका हुन् ।

योसँगै दुवै टोलीले ६/६ हजार डलर हात पारेका छन् । प्रतियोगितामा विभिन्न देशका १६ टिम सहभागी थिए ।

साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा युनाइटेड अरब इमिरेट्सको टिम ‘याल्ला ई-स्पोर्टस’ ले पहिलो स्थान हात पार्दै ४५,००० डलर पुरस्कार प्राप्त गरेको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका दुईसहित साउदी अरेबिया, मोरोक्को, कुवेत, लेबनान र सिरियाका १६ पब्जी टिमबीच प्रतिस्पर्धा भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१