close

नागरिक एपबारे गुनासो छ ? यसरी निःशुल्क टिपाउनुहोस्

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १२:४६

नागरिक एपबारे गुनासो छ ? यसरी निःशुल्क टिपाउनुहोस्

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको नागरिक एपमा सुविधा थपिने क्रम जारी छ । सँगै एप प्रयोगकर्ता पनि बढिरहेका छन् ।

सरकारले एप प्रयोगमा कुनै समस्या वा जिज्ञासा भए निःशुल्क टिपाउन सकिने सुविधा सुरू गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले फोन र भाइबरबाट आफ्ना गुनासो टिपाउन सक्नेछन् ।

नागरिक एप प्रयोगकर्ताले ११०१ मा डायल गरी निःशुल्क रुपमा एपसम्बन्धी आफ्नो समस्या टिपाउन सक्नेछन् । यो नम्बरमा एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमका कुनै पनि नम्बरबाट कल गर्दा शुल्क नलाग्ने नागरिक एपले जनाएको छ ।

ई-मेल, टेलिफोन, भाइबर (+९७७११२२३३४४५५), फेसबुक र ट्वीटरबाट समेत नागरिक एप सम्बन्धी गुनासो टिपाउन सकिन्छ ।

नागरिक एपमा हाल प्यान (स्थायी लेखा नम्बर) लिन सकिने, पुलिस क्लियरेन्स रिपोर्ट लिन सकिने, सवारी कर, आफ्नो मालपोत तथा जग्गाको विवरण हेर्न सकिने, लोकसेवाको आवेदन भर्न सकिने, बैंक खाता खोल्न सकिने लगायतका सुविधा उपलब्ध छन् ।

यति मात्र होइन, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत यही एपबाट हेर्न सकिने सुविधा पनि छ

यसअघि आईओएस र एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध नागरिक एप अबदेखि वेबसाइटमार्फत पनि चलाउन सकिने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने बनाउन लागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१