close

फोल्डेबल फोनमा नेपाली प्रयोगकर्ताको आकर्षण

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १३:१६

फोल्डेबल फोनमा नेपाली प्रयोगकर्ताको आकर्षण

काठमाडौं । नेपाली बजारमा सामसङका नयाँ फोल्डेबल फोनले ग्यालेक्सी नोट सिरिजको बिक्रीलाई उछिनेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाली बजारमा हालै सार्वजनिक भएका सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोनले नेपालमा छोटो अवधिमा नै कीर्तिमान कायम गर्न सफल भएको कम्पनीको दाबी छ ।

एउटा सानो पर्सको आकारमा आएका यी फोनले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएकाे कम्पनीकाे भनाइ छ ।

‘सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोनको बिक्रीले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘यी स्मार्टफोनका बिक्रेता र खुद्रा बिक्रेताहरुले अहिले यी फोनको माग समेत धान्न नसक्ने अवस्था आइसकेको बताएका छन् ।’

यी फोल्डेबल फोनमा भएको ठूलो स्क्रिन एवं आकर्षक साइजलगायतले यी फोनमा मानिसको आकर्षण बढाएको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१