close

तीन मोडलमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११ सिरिज

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १४:३५

तीन मोडलमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११ सिरिज

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आज आफ्नो रेड्मी लाइनअपमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट ११ सिरिज सार्वजनिक गर्न लागेको हो ।

नेपाली समयअनुसार दिउँसो ४ः४५ मा हुने एक कार्यक्रमबाट यो सिरिज सार्वजनिक हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण यहाँ हेर्न सकिनेछ ।

यसअघि बाहिरएका विवरणअनुसार कम्पनीले तीन मोडलमा यो सिरिज सार्वजनिक गर्नेछ । यसअन्तर्गत रेड्मी नोट ११, रेड्मी नोट ११ प्रो र रेड्मी नोट ११ प्लस रहेका छन् ।

कम्पनीले यो सिरिजकाे प्राे माेडलमा १२० वाटको फास्ट चार्जिङ दिने भएको छ । मिडरेन्ज लाइनअपमा साओमीले पहिलोपटक उच्च गतिको चार्जिङ सपोर्ट दिन लागेको हो ।

त्यस्तै कम्पनीले पनि नोट ११ लाइनअपमा १२० वाट फास्ट चार्जिङ रहने पुष्टि गरेको छ । साथै कम्पनीका कार्यकारीले वेइबोमा रेड्मी नोट ११ सिरिजले वाईफाई सिक्स सपोर्ट गर्ने जानकारी दिएका छन् ।

साथै उनले रेड्मी नोट ११ ले ३.५ एमएम अडियो ज्याक हुने जानकारी पनि दिएका छन् ।

केही दिनअघि मात्र सार्वजनिक खबरअनुसार रेड्मी नोट ११ का सबै फोनमा ५ हजार एमएएचकाे ब्याट्री हुनेछ ।

साथै कम्पनीले बिहीवार नै ‘रेड्मी वाच टु’ पनि सार्वजनिक गर्नेछ ।

यस्तो छ अनुमानित मूल्य

केही दिनअघि चिनियाँ टिप्स्टरले यी तीन डिभाइसको मूल्य अनलाइनमा लिक गरेका थिए ।

यसअनुसार चिनियाँ बजारमा रेड्मी नोट ११ को मूल्य ४/१२८ जीबी भेरियन्टको १,१९९ युआन (करिब २२ हजार चार सय रूपैयाँ) हुनेछ ।

त्यस्तै ६/१२८ जीबीको मूल्य १३,९९ युआन (करिब २६ हजार एक सय रूपैयाँ) र ८/१२८ जीबीको मूल्य १५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहने बताइएको छ ।

त्यस्तै रेड्मी नोट ११ मा कम्पनीले ८/२५६ जीबी भेरियन्ट पनि ल्याउने भएको छ, जसको मूल्य १,७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) हुनेछ ।

त्यसैगरी रेड्मी नोट ११ प्रोको मूल्य ६/१२८ जीबी भेरियन्टको १,५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहनेछ । यो फोन पनि ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा आउनेछ, जसको मूल्य क्रमश: १७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) र १९९९ युआन (करिब ३७ हजार चार सय रूपैयाँ) रहनेछ ।

त्यस्तै रेड्मी नोट ११ प्रो प्लसको मूल्य ८/१२८ जीबीको २,१९९ युआन (करिब ४१ हजार एक सय रूपैयाँ) र ८/२५६ जीबीको २,४९९ युआन (करिब ४६ हजार सात सय रूपैयाँ) रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१