काठमाडौं । फेसबुक अकाउन्ट भेरिफाई एक छोटो र सहज प्रक्रियाबाट सम्भव छैन । किनकि यो सबै प्रयोगकर्ताका लागि लक्षित होइन । विशेषगरी सार्वजनिक छवि वा व्यक्तित्व भएका प्रयोगकर्ताको फेसबुक अकाउन्ट भेरिफाई हुने गर्छ ।
फेसबुकले पेज र प्रोफाइल दुवैबाट भेरिफिकेसन गर्न सकिने सुविधा दिएको छ । फेक अकाउन्टले भरिएको सामाजिक सञ्जालमा स्न्यापच्याट, ट्वीटर, फेसबुकजस्ता कम्पनीहरूले केही अकाउन्ट वास्तविक हुन् भनेर प्रमाणित गराउनु राम्रै काम हो ।
आज हामी फेसबुक अकाउन्ट भेरिफाइड गर्ने तरिका के कस्तो छ भनेर जानकारी दिँदै छौं ।
यसका लागि सबैभन्दा पहिले तपाईसँग यी विवरण हुन जरूरी छ ।
कभर फोटो
प्रोफाइल फोटो
फेसबुक गाइडलाइन्स पालना गरेर राखिएको नाम
अकाउन्टमा कन्टेन्ट पोस्ट हुनुपर्ने
सरकारले प्रमाणित गरेको ड्राइभिङ लाइसेन्स, नागरिकताजस्ता परिचय खुलाउने कागजात
फेसबुक पेजको हकमा तपाईंको संस्थाको फोन वा उपयोगिता बिल, प्रमाणपत्र, लेख वा कागजातहरू
फेसबुक भेरिफिकेसनका लागि यी प्रक्रिया अपनाउनुहोस्: