close

फेसबुकले ल्याउँदैछ ‘मेटा वाच’, डिजाइनमा देखियो क्यामेरा पनि

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ ८:२१

फेसबुकले ल्याउँदैछ ‘मेटा वाच’, डिजाइनमा देखियो क्यामेरा पनि

काठमाडौं । फेसबुकले ल्याउन लागेको मेटा वाचमा क्यामेरा पनि रहने भएको छ । लिक भएको मेटा वाचको फोटोमा वाचमा क्यामेरा रहेको देखिन्छ ।

फेसबुकले आफ्नो रे–व्यान स्टोरिज स्मार्ट ग्लासेसको लागि तयार पारेको एपमार्फत मेटा वाचको फोटो लिक भएको हो । लिक भएको फोटो हेर्दा मेटा वाचको डिजाइन एप्पल वाचको जस्तै देखिन्छ ।

फेसबुकले यही क्यामेरालाई बजार पठाउँछ वा यसको डिजाइन र फिचरमा परिवर्तन गर्छ हालसम्म खुलाएको छैन ।

फेसबुकले आफ्नो कर्पोरेट नाम पनि परिवर्तन गरेर मेटा राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१