close

अनलाइनबाटै खानेपानीको महशुल तिर्ने सुविधा ल्याउँदै केयूकेएल, सेवा प्रदायकसँग माग्यो प्रस्ताव

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १०:४०

अनलाइनबाटै खानेपानीको महशुल तिर्ने सुविधा ल्याउँदै केयूकेएल, सेवा प्रदायकसँग माग्यो प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले अनलाइनबाट महशुल तिर्ने सुविधा सुरु गर्ने तयारी गरेको छ । अनलाइन महशुल भुक्तानी सेवा सुरु नगरेको भन्दै आलोचना खेपिरहेको केयूकेएलले सेवा सुरु गर्न भुक्तानी सेवा प्रदायकसँग प्रस्ताव माग गरेको हो ।

केयुकेएलले कम्पनीका ग्राहकलाई अनलाइन महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन इच्छुक सेवा प्रदायकबाट प्रस्ताव मागेको हो ।

उपत्यका बाहिरका स-साना खानेपानी उपभोक्ता समितिले समेत यसअघि नै अनलाइन भुक्तानीको व्यवस्था गरिसकेका छन् । स-साना उपभोक्ता समितिले समेत अनलाइन भुक्तानी सेवा उपलब्ध गराइसक्दा समेत केयूकेएलले सेवा सुरु नगरेको भनी आलोचना हुँदै आएको थियो ।

कम्पनीले अनलाइन भुक्तानी प्रणालीमा जोडिन चाहने सेवा प्रदायकलाई प्रस्तावको टीओआर १५ दिनभित्र पेश गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् :

लगभग देशभरका खानेपानी अनलाइनमा, तर केयूकेएल भने पुरानै लाइनमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१