close

टिकटकबाट पैसा कमाउने नयाँ तरिका

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १६:५०

टिकटकबाट पैसा कमाउने नयाँ तरिका

काठमाडौं । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु हुने भएको छ ।  अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर छ ।

यही फिचरलाई कम्पनीले परिष्कृत गर्न लागेको हो । टिकटकको यो नयाँ फिचर सुरुमा टिकटक क्रिएटर जेरा बिन ‘@jera.bean’ को पोस्टमा देखिएको थियो ।

उनले शेयर गरेको भिडिओमा टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइएको छ । जसअन्तर्गत फलोअर्सले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । कन्टेन्ट क्रियटरका फलोअर्सले टिप्स फिचर प्रयोग गरी सोझै पैसा पठाउन सक्छन् । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

एक लाख भन्दा बढी फलोअर्स भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुने बताइएको छ । हाल यो फिचर परीक्षणको लागि सीमित प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध रहेको र आगामी दिनमा यो फिचर थप प्रयोगकर्तामाझ विस्तार गर्ने टिकटकले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१