close

ट्विटरले फैलाउँदैछ ‘सुपर फलो’ फिचर, ट्विट गरेरै पैसा कमाउन सकिने

टेकपाना टेकपाना

कात्तिक १५, २०७८ १०:५५

ट्विटरले फैलाउँदैछ ‘सुपर फलो’ फिचर, ट्विट गरेरै पैसा कमाउन सकिने

काठमाडौँ । आइओएसबाट ट्विटर चलाउने सबै प्रयोगकर्ताले अब सुपर फलो फिचर उपयोग गर्न पाउने भएका छन् । सेप्टेम्बरदेखि परीक्षणको रूपमा प्रयोग भइरहेको यो फिचर अहिले अमेरिका र क्यानडाका प्रयोगकर्तामाझ मात्रै उपलब्ध थियो । 

तर, अब भने विश्वभर नै आइओएस डिभाइसबाट ट्विटर प्रयोग गर्नेहरूले यो फिचर इनेबल गर्न पाउनेछन् तर ट्विटरले त्यसको लागि केही सर्तहरू भने तोकिदिएको छ । सुपर फलो फिचर इनेबल गर्ने प्रयोगकर्ताले केही सर्तहरू पालना गर्नुपर्छ । 

यस्ता प्रयोगकर्ताहरू १८ वर्ष पुगेको हुनुपर्ने र कम्तीमा पनि १० हजार फलोअर भएको हुनुपर्ने ट्विटरको सर्त छ । त्यस्ता, प्रयोगकर्ताले पछिल्लो ३० दिनमा कम्तीमा पनि २५ वटा ट्विट गरेको हुनुपर्नेछ । सुपर फलो अप्सन इनेबल गर्ने अप्सन ट्विटरबाट स्वीकृत भएपछि प्रयोगकर्ताले ३० दिनमा कम्तीमा पनि २५ वटा ट्विट गर्नुपर्ने हुन्छ ।

सुपर फलो अप्सन भएका प्रयोगकर्तालाई अन्य प्रयोगकर्ताले मासिक रूपमा निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ । सुपर फलोअर भएका प्रयोगकर्ताले पाउने शुल्कको ३ प्रतिशत भने ट्विटरले लिने छ । चाँडै नै वेब र एन्ड्रोइड प्रयोगकर्ताले पनि यो फिचर उपभोग गर्न पाउने ट्विटरले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१