close

सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ ९:४३

सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो

काठमाडौं । भारतको जियो टेलिकम र अमेरिकी कम्पनी गुगल मिलेर भारतीय बजारमा सस्तो मूल्यको फोरजी फोन सार्वजनिक गर्ने भएका छन् । केही सातापछि भारतीय बजारमा उपलब्ध हुने फोनको मूल्य करिब छ हजार चार सय ९९ भारु पर्ने जनाइएको छ ।

जियोका ग्राहकले यो फोनलाई जम्मा एक हजार नौ सय ९९ रुपैयाँ तिरेर लिन पाउनेछन् भने बाँकी रकम मासिक किस्तामा तिर्ने सुविधा हुनेछ ।

एन्ड्रोइड अपरेटिङ सिस्टमको संशोधित संस्करणमा यो फोन उपलब्ध हुनेछ । फोनमा प्रयोग हुने अपरेटिङ सिस्टमको नाम प्रगति राखिएको छ । फोनले भारतमा बोलिने १० भाषामा अनुवादको सुविधा पनि दिनेछ ।

सीईओका सुन्दर पिचाईले अंग्रेजी बाहेक अन्य स्थानीय भाषामा पनि गुगलले लगानी गर्ने बताए । भारतमा धेरैभन्दा धेरै मानिसले स्मार्टफोन प्रयोग गरुन भन्नका लागि यो सहकार्य गरेको उनले बताएका छन् ।

गुगल र जियोको सहकार्यमा आउने यो फोनले भारतीय बजारमा आधिपत्य जमाइरहेका अन्य स्मार्टफोन ब्राण्डलाई मूल्यका हिसाबले चुनौति दिने अनुमान गरिएको छ । स्मार्टफोनको नाम जियो फोन नेक्स्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१