close

ग्राहकलाई सहज र छिटो सेवा दिन क्लासिक टेकको नयाँ आउटलेट

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १५:५२

ग्राहकलाई सहज र छिटो सेवा दिन क्लासिक टेकको नयाँ आउटलेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले आफ्नो नयाँ आउटलेट पोखरामा विस्तार गरेको छ । कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

कम्पनीले लेखनाथ आसपासका ठाउँमा सेवा सुविधा बढाउने उद्देश्यले थप सेवा विस्तार गरेको हो ।

आउटलेटमा बिलिङ, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिङ स्टाफ राखिएको छ ।

सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेट र बैंकहरुलाई इन्टरनेट र इन्ट्रानेट सेवा पनि दिँदै आएको छ ।

कम्पनीले हाल तुफान अफर अन्तर्गत ५० एमबीपीएस स्पिडको इन्टरनेट ११ सय ५४ रूपैयाँ प्रतिमहिनामा उपलब्ध गराउँदै आएको छ, जसका साथ १५० टिभी च्यानल र युट्युवसमेत हेर्न सकिने सुविधा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१