close

अब कतारबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १६:५१

अब कतारबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ शाखामा गई ईसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सकिनेछ ।

अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत ईसेवा मनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ ।

यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम ईसेवा मनी ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जको एपबाट पनि चाडैं ईसेवा मनी ट्रान्सफरको सेवा लिन सकिनेछ ।

उक्त सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालाले भने, ‘ईसेवा मनी ट्रान्सफर र अलदार एक्सचेन्जबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१