close

काठमाडौं महानगरपालिकाको कर अब कनेक्ट आईपीएसमार्फत तिर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ २०:४५

काठमाडौं महानगरपालिकाको कर अब कनेक्ट आईपीएसमार्फत तिर्न सकिने

काठमाडौं । अब कनेक्ट आईपीएसबाट काठमाडौं महानगरपालिकाको कर तिर्न सकिने भएको छ । यो सुविधाको लागि काठमाडौं महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो ।

करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अब अनलाइन भुक्तानीको लागि कनेक्ट आईपीएस ई-पेमेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् ।

यससँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएको छ ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफूलाई पायक पर्ने वडा कार्यालय गई एकपटक आफ्नो मोबाइल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनुपर्ने हुन्छ ।

यसरी आवद्ध गरी सकेपछि करदाताले यो वेबसाइटमा गई आफ्नो युजरनेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नोे बैंक खाताबाट कनेक्ट आईपीएस मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१