close

भरतपुर अस्पतालको ओपीडी टिकेट अनलाइनबाटै काट्न सकिने

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ ८:४६

भरतपुर अस्पतालको ओपीडी टिकेट अनलाइनबाटै काट्न सकिने

चितवन । भरतपुर अस्पतालले अनलाइन टिकेट सुरु गरेको छ । अस्पतालले आइतबारदेखि अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकेट सुरु गरेको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकेट लिन सकिने व्यवस्था गराएको छ ।

अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकेट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकेट सुरु गरिएको बताए ।

उनले यो व्यवस्थासँगै टिकेट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले भने, ‘अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ । दुई(तीन सय जनाले अनलाइन टिकेट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।’

अनलाइन टिकेट सुरु गरेसँग टिकेट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।

रकमको भुक्तानी खल्ती डिजिटल वालेटबाट गर्न सकिनेछ भने टिकेटको शुल्क ३० रूपैयाँ रहेको छ । -रासस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५