close

तीव्र आलोचनापछि फेसबुकको ‘फेस रिकग्निसन सिस्टम’ बन्द हुँदै, १ अर्ब फेसप्रिन्ट डिलिट गरिने

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ ११:८

तीव्र आलोचनापछि फेसबुकको ‘फेस रिकग्निसन सिस्टम’ बन्द हुँदै, १ अर्ब फेसप्रिन्ट डिलिट गरिने

काठमाडौं । फेसबुकले प्रयोगकर्ताको फेस रिकग्निसन (अनुहार पहिचान गर्ने) सिस्टम बन्द गर्ने निर्णय गरेको छ । योसँगै कम्पनीले हालसम्म संकलन भएको एक अर्बभन्दा बढी प्रयोगकर्ताको फेसप्रिन्ट समेत डिलिट गर्ने बताएको छ ।

कम्पनीले केही वर्षदेखि लागू गरेको फेस रिकग्निसन सिस्टमले फोटा तथा भिडिओमा भएका व्यक्तिको अनुहार पहिचान गरी अरु कसैले फोटा हालेको छ भने सम्बन्धित व्यक्तिलाई नोटिफिकेशन दिने लगायतका काम गर्दथ्यो ।

तर, उक्त सिस्टम राखेसँगै फेसबुकको निरन्तर आलोचना हुँदै आयो । त्यतिमात्रै नभएर फेसबुकले यसैका कारण राजनीतिक, कानूनी तथा नीतिगत दबाब खेप्नुपरेको थियो । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले अन्ततः उक्त सिस्टम हटाउने निर्णय गरेको हो ।

‘आउँदो साता फेस रिकग्निशन प्लेटफर्म हामी बन्द गर्दैछौ,’ फेसबुकको प्यारेन्ट कम्पनी मेटाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सँगै हालसम्म संकलन भएका एक अर्ब फेसियल रिकग्निशन टेम्प्लेट समेत डिलेट गर्दैछौं ।’ 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५