close

तिहारमा ग्यापुबाट सामान किन्दा ८० प्रतिशतसम्म छुट, साथै अप्रिलिया स्कुटर जित्ने अवसर

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ १६:५८

तिहारमा ग्यापुबाट सामान किन्दा ८० प्रतिशतसम्म छुट, साथै अप्रिलिया स्कुटर जित्ने अवसर

काठमाडौं । नजिकिएको पर्व तिहार र छठको विशेष अवसरमा अनलाइन ईकमर्स कम्पनी ग्यापुले विभिन्न अफर ल्याएको छ । यो तिहारमा ग्यापुबाट सामान खरिद गर्दा उपभोक्ताले ८० प्रतिशतसम्मको छुटदेखि अप्रिलियाको स्कुटर जित्ने मौका पाउनेछन् ।

ग्यापुबाट सामान खरिद गरेर एनसीसी बैंकको कार्ड वा स्मार्ट कार्डबाट भुक्तानी गर्दा ५०० रुपैयाँ सम्मको २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्दा २०० रुपैयाँ सम्मको १० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी फोनपेबाट भुक्तानी गर्दा ‘FONEPAY200’ भौचर कोड प्रयोग गरी २०० रुपैयाँ सम्मको छुट पाउन सकिन्छ ।

माछापुछ्रे बैंकबाट भुक्तानी गर्दा ५०० रुपैयाँसम्मको १० प्रतिशत छुट पाउन सकिनेछ भने एनआईसी एसिया बैंकबाट भुक्तानी गर्दा १५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट पाइने छ ।

त्यस्तै ईसेवाबाट भुक्तानी गर्दा २५०० रुपैयाँसम्मको १०० प्रतिशतसम्मको क्यासब्याक कात्तिक १३ देखि १७ गतेसम्म कारोबार गर्ने ग्राहकले पाउनेछन् । हिमालय बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्दा भने ५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त हुनेछ ।

त्यसैगरी प्रभु पे वालेटबाट भुक्तानी गर्ने ग्राहकमध्ये १० जना भाग्याशाली विजेताले १०१ रुपैयाँको टपअप पाउनेछन् भने एक भाग्यशाली विजेताले दुईजनाका लागि गोसाइकुण्डमा हेलिकप्टर राइड गर्ने अवसर पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५