close

स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा तीन सय रूपैयाँसम्म क्यासब्याक पाइने

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ ८:३२

स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा तीन सय रूपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं । एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० सम्म क्यासब्याक पाइने भएको छ ।

बत्तिसपुतली तीनधारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

दीपावलीको अवसरमा कात्तिक १६ देखि २५ गतेसम्म यो योजना लागू गरिएकाे छ ।

सहभागी स्टोरमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आईएमई पे, प्रभु पे, क्यू पे, मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५