close

एनआईसी एसिया बैंकको एटीएममा एपबाटै पैसा झिक्न सकिने सुविधा

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ ९:३३

एनआईसी एसिया बैंकको एटीएममा एपबाटै पैसा झिक्न सकिने सुविधा

काठमाडौं । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपबाटै एटीएमबाट रकम झिक्न सकिने सुविधा सुरु गरेको छ । बैंकले कार्डबिना नै बैंक खातामा रहेको नगद रकम झिक्न सकिने गरी ‘कार्डलेस विथड्र’ सेवा सञ्चालनमा ल्याएको हो ।

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ ओटा एटीएम मसिनबाट यो सेवा प्रयोग गरी नगद झिक्न सक्ने बैंकले जनाएको छ । यो सुविधा प्रयोग गर्न एनआईसी एसिया बैंकको मोबाइल एप प्रयोगकर्ताले एपभित्र रहेको ‘कार्डलेस विथड्र’ आइकनमा ट्याप गर्नुपर्नेछ ।

त्यसपछि आफूले झिक्न चाहेका रकम उल्लेख गरी ट्रान्जेक्सन पिन वा फिङ्गरप्रिन्ट प्रयोग गरेर भेरिफाई गर्नुपर्नेछ । बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनमा गएर आफूले झिक्न चाहेको रकम पुनः उल्लेख गरी विथड्र आइकनमा थिच्नुपर्नेछ । यति गरिसकेपछि चाहेको रकम एटीएम मसिनबाट निस्किनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५