close

अमेरिकी कालोसूचीमा पर्‍यो पेगासस स्पाइवेयर ग्रुप

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १२:५९

अमेरिकी कालोसूचीमा पर्‍यो पेगासस स्पाइवेयर ग्रुप

काठमाडौं । अमेरिकाको वाणिज्य विभागले अमेरिकी कम्पनीहरूलाई आफ्नो प्रविधि एनएसओ ग्रुपलाई बिक्री नगर्न आदेश दिएको छ । बाहिर आएका रिपोर्टहरू अनुसार पत्रकार, सरकारी अधिकारी, अभियन्ता लगायतमाथि यो ग्रुपको पेगासस स्पाइवेयर प्रयोग भएको थियो ।

विज्ञप्तिमार्फत नियामकले विदेशी दमनकारी राज्यहरूलाई आफ्नो स्पाइवेयर बिक्री गरेर कम्पनीले अन्तर्राष्ट्रिय व्यवस्थामा आधारित नियमहरूमाथि जोखिम उत्पन्न गराएको भन्दै उसलाई आफ्नो ‘इन्टिटी लिस्ट’ मा राखिएको जनाएको छ ।

पेगासस यस्तो स्पाइवेयर प्रोग्राम हो, जसले प्रहरी र खुफिया एजेन्सीहरूलाई व्यक्तिहरूलाई कुनै पनि सूचना नदिएर उनीहरूको फोनको म्यासेज, फोटो र पासवर्डमा पहुँच बनाउनुका साथै आफ्नो कुनै पदचिन्ह समेत छोड्दैन ।

गत जुलाईमा द वासिङ्गटन पोस्टले प्रकाशित गरेको रिपोर्ट अनुसार यो स्पाइवेयरले एउटा नदेखिने टेक्स्ट म्यासेजकै भरमा कुनै व्यक्तिको फोनलाई संक्रमित तुल्याउन सक्छ । यो स्पाइवेयर कुनै लिङ्कमा क्लिक नगर्दा वा पूर्ण रुपमा सेक्युरिटी अपडेट भएको फोनमा समेत सार्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५