close

सीजीले नेपाल भित्र्यायो बेकोका इलेक्ट्रोनिक उत्पादन

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ १३:११

सीजीले नेपाल भित्र्यायो बेकोका इलेक्ट्रोनिक उत्पादन

काठमाडौं । सीजी ग्रुपले विश्व चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड बेकोका उत्पादन नेपाली बजारमा भित्र्याएको छ । नेपालकै ठूलो व्यापारिक घराना सीजी ग्रुप अफ कम्पनीले उक्त ब्रान्डसँग आधिकारिक रुपमा सहकार्य गरेको हो ।

यससँगै अब सीजीले आफ्ना उत्पादनसँगै नेपाली बजारमा बेको ब्रान्डका इलेक्ट्रोनिक्स उत्पादन समेत बिक्रीवितरण गर्नेछ । सीजी इलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्रान्ड नेपाल भित्र्याएको हो ।

यिनै नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने कम्पनीको लक्ष्य छ । साथै, दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार हाल नेपाली बजारमा बेको ब्रान्डका वासिङ मसिन बिक्रीवितरण भइरहेका छन् । यस्तै बेका ब्रान्डकै डिशवासरका साथै अन्य थुप्रै उत्पादन समेत चाँडै बजारमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । बेको युरोप लगायत विश्वमै प्रख्यात इलेक्ट्रोनिक ब्रान्ड हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५