close

भाइटीकामा डिजिटल दक्षिणा दिँदा १० प्रतिशतसम्म क्यासब्याक पाइने !

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ १५:११

भाइटीकामा डिजिटल दक्षिणा दिँदा १० प्रतिशतसम्म क्यासब्याक पाइने !

काठमाडौं । यसपालिको तिहारमा डिजिटल दक्षिणा दिँदा १० प्रतिशत क्याशब्याक पाइने भएको छ । एनएमबी बैंकले आफ्नो मोबाइल बैंकिङ एप ईएनएमबी मार्फत भाइटीको दक्षिणामा क्यासब्याक उपलब्ध गराउने भएको हो ।

नोटको प्रयोग कम गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यस किसिमको अफर ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ईएनएमबी मोबाइल बैंकिङबाट डिजिटल दक्षिणा दिँदा तत्कालै १० प्रतिशत (अधिकतम् १०० रुपैयाँसम्म) क्यासब्याक पाइनेछ ।

यसको अर्थ दक्षिणामा ५०० रुपैयाँ दिँदा ५० रुपैयाँ तथा १००० रुपैयाँभन्दा माथिको दक्षिणामा १०० रुपैयाँ क्यासब्याक पाइनेछ । सीमित अवधिका लागि ल्याइएको यो अफर ईएनएमबी एपको फन्ड ट्रान्सफरमा लागु हुनेछ । यसको अर्थ क्यासब्याक पाउनका लागि फन्ड ट्रान्सफरमार्फत डिजिटल दक्षिणा आदानप्रदान गर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५