close

एससीटीको स्मार्ट क्यूआर प्रयोग गर्दा २० प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ ९:३९

एससीटीको स्मार्ट क्यूआर प्रयोग गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडौं । अनलाइन भुक्तानीमा एससीटीको स्मार्ट क्यूआर कोड स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयासम्म क्यासब्याक पाइने भएको छ । बत्तीसपुतलीको तीनधारामा रहेको पवन स्वीट्स, कमलादीको सजनगोठ, गंगोर र इन्द्रचोकको स्वस्तिक स्वीट्समा यो छुट पाउन सकिने कम्पनीले जनाएको छ।

यो योजना नोभेम्बर ११ अर्थात् आउँदो बिहीबारसम्म लागु हुने बताइएको छ । कम्पनीका अनुसार स्मार्ट क्यूआर नेटवर्क सदस्य वालेट आईएमई पे, प्रभु पे, क्यू पे  र ग्लोबल स्मार्ट प्रयोग गरेर भुक्तानी गर्दा मात्रै क्यासब्याक पाइनेछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५