close

प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भयो गुगल म्याप

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ १०:१३

प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भयो गुगल म्याप

काठमाडौं । एन्ड्रोइड प्ले स्टोरबाट गुगल म्याप डाउनलोड भएको सङ्ख्या १० अर्ब नाघेको छ । हालसम्म थोरै मोबाइल एप मात्रै प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएका छन् । गुगल म्यापसहित प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएको अन्य एप गुगल प्ले सर्भिस र युट्युब पनि हुन् । 

एन्ड्रोइड डिभाइसमा गुगल म्याप प्रिइन्स्टल भएर आउने भए पनि उक्त सङ्ख्यालाई यसमा गणना गरिएको छैन ।

विभिन्न ठाउँ पत्ता लगाउनको लागि गुगल म्याप अहिले सम्भवतः संसारकै सबैभन्दा शक्तिशाली एप हो । गुगल म्यापजस्तै अन्य केही एपले पनि सेवा दिइरहेका छन् । 

तर, गुगल म्यापमा भएका फिचरका कारण प्रयोगकर्ताको लागि यो एप नै प्रिय बन्ने गरेको छ । गुगल म्यापले पछिल्लो समय विभिन्न फिचर पनि थप गरिरहेको छ । 

यसमा अहिले लाइभ एआर न्याभिगेसन, डार्क थिम, रियल टाइम ट्राफिकजस्ता फिचर पनि थपिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५