close

नेपाली बजारमा भित्रियो साओमी प्याड फाइभ, कति होला मूल्य ?

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ १४:२२

नेपाली बजारमा भित्रियो साओमी प्याड फाइभ, कति होला मूल्य ?

काठमाडौं । साओमी प्याड फाइभ नेपाली बजारमा सार्वजनिक भएको छ । ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जको डिस्प्ले रहेको यो प्याडमा आकर्षक स्टेरियो स्पिकर राखिएको छ ।

साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । ८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको साओमी प्याड फाइभ चाँडै साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ ।

दुई ओटा भेरियन्टमा आएको साओमी प्याड फाइभको मूल्य ६ जीबी र्‍याम तथा १२८ जीबी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा २५६ जीबी भेरियन्टको ४९ हजार ९९९ रुपैयाँ राखिएको छ । जुन पर्ल ह्वाइट र कस्मिक ग्रे गरी दुई ओटा कलर अप्सनमा पाउन सकिनेछ । 

प्याड फाइभमा एफ/२.० रहेको १३ मेगापिक्सेलको मेन क्यामेरा र एफ/२.० रहेको ८ मेगापिक्सेलकव फ्रन्ट क्यामेरा दिइएको छ । यसमा तपाईंले स्टाइलस सपोर्टको सुविधा समेत पाउन सक्नुहुनेछ । यो प्याड एन्ड्रोइड ११ मा आधारित मियूआईमा चल्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५