close

अब भाइबरमा जस्तै ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ २१:१३

अब भाइबरमा जस्तै ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने

काठमाडौं । ह्वाट्सएपले एकै पटक धेर प्रयोगकर्तालाई जोड्न सकिने गरी ‘कम्युनिटी’ फिचर ल्याउने तयारी गरिरहेको छ । एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए ।

तर, त्यसमा कुनै यकिन नभएको अवस्थामा अहिले भने ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो । 

हाल भाइबरमा कम्युनिटी फिचर उपलब्ध छ । त्यस्तै खाले फिचर अब ह्वाट्सएपले पनि उपलब्ध गराउने भएको हो ।

वाबेटाका अनुसार ‘कम्युनिटी’ फिचरले ग्रुप एड्मिनलाई धेरै महत्त्व दिने जनाइएको छ । जसमा एड्मिनले ग्रप भित्र पनि अर्को ग्रुप बनाउन सक्नेछन् ।

यसको अर्थ जसरी संस्थामा काम अनुसार कर्मचारीको समूह विभाजन गरिन्छ, त्यसैगरी ह्वाट्सएपमा पनि ग्रुपभित्र उप समूहमा विभाजन गर्न सकिनेछ । यस किसिमको सबग्रुप बनाउन सकिने सुविधा मेटा कम्पनीलेले हालै मात्र फेसबुक ग्रुपका लागि समेत सार्वजनिक गरेको छ । 

साथै एड्मिनले कम्युनिटीको लिंकमार्फत नयाँ प्रयोगकर्तालाई इन्भाइट गर्न समेत सक्नेछन् । हालसम्म यो च्याट कस्तो देखिने छ भन्ने विषयमा भने स्पष्ट छैन । तर, यो फिचर पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सहित उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५