close

स्मार्ट लाइसेन्स वितरण मङ्सिर १ बाट

मेनुक्श मेनुक्श

कात्तिक २२, २०७८ ११:८

स्मार्ट लाइसेन्स वितरण मङ्सिर १ बाट

काठमाडौं । स्मार्ट सवारी लाइसेन्स वितरणको काम मङ्सिर एक गतेबाट हुने भएको छ । विभागले समयमै कार्ड छापेर वितरण गर्न नसक्दा लामो समयदेखि लाइसेन्स वितरणको काम रोकिएको छ ।  

कोभिड महामारीका कारण स्मार्ट लाइसेन्स छपाइको काम ढिलो भएको यातायात विभागका प्रवक्ता लोकनाथ  भुषालले बताए । 

अहिले पाँच लाख ८० हजार स्मार्ट कार्ड छाप्न बाँकी रहेको उनले बताए । १४ लाख नयाँ स्मार्ट कार्ड फ्रान्सेली कम्पनी आइडिमियाले विभागलाई उपलब्ध गराउन लागेको पनि उनले बताए । फ्रान्सेली कम्पनीले विभागलाई कार्ड उपलब्ध गराउने र सोही कार्डमा विभागले सेवाग्राहीको विवरण छापेर दिने उनले बताए । 

यी कार्डहरु फागुन मसान्तसम्म विभागले आइपुग्ने भुषालले जानकारी दिए । उनका अनुसार अब आउने कार्डले आगामी असारसम्मको माग धान्न सक्छ । 

विभागले यसअघि करिब २७ करोड रुपैयाँ खर्च गरेर छापेको ३४ लाख स्मार्ट लाइसेन्स काम नलागेपछि विकल्पका रूपमा अस्थायी लाइसेन्स वितरण गरिएको थियो । क्युआर कोडसहितको यो अस्थायी लाइसेन्स एक वर्षको लागि जारी गरिएको विभागले जनाएको छ ।  

‘अहिले हामीले वितरण सुरु गरेको अस्थायी परीक्षणकालीन लाइसेन्समा क्युआर कोडसहितको बार छ,’ भुसालले भने, ‘उक्त क्युआर कोड स्क्यान गर्नका लागि मोबाइल एप समेत बनाइएको छ ।  एपमार्फत ट्राफिक प्रहरीले स्क्यान गरेर उक्त लाइसेन्स सक्कली हो वा होइन भन्ने छुट्याउन सक्छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५