close

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाका विजेता घोषणा, दुई जनाले पाए स्पेन घुम्ने अवसर

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १४:०

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाका विजेता घोषणा, दुई जनाले पाए स्पेन घुम्ने अवसर

काठमाडौं । डिशहोमले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

यस योजनामा गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभी नयाँ जडान गर्ने ग्राहक र ला लिगाको सिजन टिकट खरिद गर्ने ग्राहक सहभागी भएका थिए ।

यसअन्तर्गत प्रभु टिभी जडान गर्ने काठमाडौंका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई विजेता छनोट भएका छन् ।

विजेताको घोषणा गत बुधबार सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायतका च्यानल र डिशहोमको फेसबुक पेजमार्फत गरिएको थियो ।

विजेताले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५