close

६४९ रूपैयाँमै सिजीनेटको ५० एमबीपीएस गतिको इन्टरनेट

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ १०:३८

६४९ रूपैयाँमै सिजीनेटको ५० एमबीपीएस गतिको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

कम्पनीका अनुसार यो प्याकेज एक महिना, ३ महिना, ६ महिना र एक वर्षका लागि उपलब्ध छ । एक महिने प्याकेज लिने ग्राहकलाई निःशुल्क जडान र ड्रप वायर वितरण गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै तीन महिनाको प्याकेजअन्तर्गत १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८९४ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै वार्षिक ग्राहकले सात हजार ७८८ रुपैयाँमा यो प्याकेज खरिद गर्नसक्नेछन्, जसअन्तर्गत जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सकिने छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा यसै वर्षबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएकाे हो ।

सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५