close

भोलि दराजको ११.११ सेल, सामान खरिदमा छुटसहित उपहार जित्ने मौका

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ ८:५७

भोलि दराजको ११.११ सेल, सामान खरिदमा छुटसहित उपहार जित्ने मौका

काठमाडौं । अनलाइन शपिङ बजार दराजले भोलि यो वर्षको सबैभन्दा ठूलो ‘वान-डे सेल ‘११.११’ गर्ने भएको छ । अलिबाबा ग्रुपको स्वामत्विमा रहेको दराजले वर्षेनि नोभेम्बर ११ मा ११.११ सेल गर्दै आएको छ ।

यस अन्तर्गत ग्राहकले करिब ११ लाख उत्पादनमा पाँच करोडको छुटसँगै मेगा गिभअवेमा टीभीएसको मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएकाे छ ।

यो मेगा सेल २४ घण्टाका लागि सञ्चालन हुनेछ ।

यस दिन सामान खरिद गर्ने ग्राहकलाई विभिन्न उपहार जित्ने मौकास्वरुप दराज एपमार्फत ‘ग्रान्ड गाला लाइभ’ पनि आयोजना गरिनेछ, जसलाई सुरजसिंह ठकुरी र माल्भिका सुब्बाले होस्ट गर्नेछन् ।

यो सेल अहिलेसम्मकै सबैभन्दा ठूलो सेल हुने दराजको दाबी छ ।

सेलमा रियलमी जीटी नियो टु स्मार्टफाेनको विशेष सार्वजनिक गर्ने कार्यक्रम छ । साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेटका साथै फेशन, मोटर, घरायसी सामग्री र विद्युतीय सामग्रीमा विशेष अफर छ ।

त्यस्तै सामसङ, फिलिप्स, रोटो, सीजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचलित ब्राण्डहरूले विशेष छुट दिनेछन् । जसमध्ये भारतका चार ब्राण्ड बिरेस्टो, जानस्या, मिसा फेशन र उस्त्राले सोझै भारतबाट डेलिभरी गर्नेछन् ।

११.११ को लागि १५ साझेदार बैंकले अनलाइन कार्ड पेमेन्टमा थप १५ प्रतिशत छुट दिनेछन् । जसमा ग्राहकले डेबिट कार्डमा अधिकतम ३,००० रुपैयाँ र क्रेडिट कार्डमा अधिकतम ३,५०० रुपैयाँ सम्म छुट प्राप्त गर्नेछन् ।

साथै ग्राहकले ईसेवा र आईएमई पेबाट रकम भुक्तानी गर्दा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । त्यस्तै मेगा गिभ अवेको रुपमा ११ जना भाग्यशाली ग्राहकले टीभीएसको रेइडर मोटरसाइकल जित्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१