close

मनकामनामा वर्ल्डलिंकको इन्टरनेट

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ ९:४१

मनकामनामा वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले गोरखास्थित मनकामनामा सेवा विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले सहज रूपमा ग्राहकलाई ब्रोडब्याण्ड इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउने जनाएको छ ।

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायकसमेत रहेको वर्ल्डलिंकले देशभर ३०, ४०, ६०, ८० र १०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ ।

साथै कम्पनीले हालै नेपालमै पहिलोपटक नयाँ प्रविधि मेश वाई-फाईसँगै ३०० एमबीपीएसको इन्टरनेट प्याकेजसमेत ल्याएको छ ।

त्यस्तै कम्पनीले नेटटिभीमार्फत् १०० भन्दा बढी एचडीसहित २५० बढी टेलिभिजन च्यानलका साथै वेब सिरिज, मुभी, भिडिओ न डिमान्ड लगायतका सुविधा उपलब्ध गराइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१