close

दराज ११.११ मा वर्ल्डलिंकको ३०० एमबीपीएस इन्टरनेट खरिद गर्दा ११ प्रतिशत छुट

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ ८:५१

दराज ११.११ मा वर्ल्डलिंकको ३०० एमबीपीएस इन्टरनेट खरिद गर्दा ११ प्रतिशत छुट

काठमाडौं । अनलाइन बजार दराजले आज सञ्चालन गरिरहेको ११.११ सेलमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको इन्टरनेटमा छुट पाइने भएको छ ।

यो अवसरमा वर्ल्डलिंकको ३०० एमबीपीएस गतिको इन्टरनेट खरिद गर्ने ग्राहकले ११ प्रतिशत छुट पाउने भएका हुन् । अब ग्राहकले ३० हजार २६९ रुपैयाँ तिरेर १२ महिनाको इन्टरनेट र टिभी प्राप्त गर्नसक्ने बताइएको छ ।

दराजबाट वर्ल्डलिंकको यो प्याकेज खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

फास्ट इन्टरनेटका लागि विद्यमान वाईफाई प्रविधि प्रयाप्त नहुने भन्दै कम्पनीले मेश वाई-फाई प्रविधि समेत बजारमा ल्याएको हो ।

अन्य देशमा केही वर्षदेखि प्रयोगमा रहेको मेश वाई(फाई प्रविधि नेपालमा भने वर्ल्डलिङ्कले पहिलो पटक सार्वजनिक गरेको हो ।

मुख्यतः धेरै स्पिड आवश्यक भएका र वाई-फाईमा गुनासो गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै यस किसिमको प्याकेज र वाई-फाई प्रविधि भित्र्याइएको वर्ल्डलिङ्कले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१