close

सुरु भयो दराज ११.११ सेल, यस्ता छन् मुख्य आकर्षण

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ ९:२५

सुरु भयो दराज ११.११ सेल, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एक दिने सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा हिजो राति १२ बजेदेखि आज राति १२ बजेसम्म सञ्चालन हुनेछ ।

यस अवसरमा ११ लाख सामानमा पाँच करोडसम्मको छुट, रु. ११,००० सम्मको मेगा भौचर, प्रि-पेमेन्टमा १५ प्रतिशत (अधिकतम रु. ३५०० सम्म) छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टीभीएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै एड टु कार्ट, फलो एण्ड विन, रिभ्यु एन्ड विन, नयाँ युजर भौचर, रिफर एण्ड विन, दराज जेम्स लगायतका स्किम पनि छन् ।

बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकले डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम रु. ३०००) र क्रेडिट कार्डमार्फत १५ प्रतशित (अधिकतम रु. ३५००) बचत गर्न सक्नेछन् ।

नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकले माथि उल्लेखित छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शुन्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मज्जा लिन सक्ने दराजले जनाएकाे छ ।

साथै, आईएमई पे वा ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत (अधिकतम रु. ११११ सम्म) को अतिरिक्त छुट पाउन सक्नेछन् ।

यस वर्षको ११.११ मा नयाँ ‘रियलमी जीटि नियो टु जी’ स्मार्टफाेनको विशेष लन्चका साथै फेशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण र थप अन्य विभिन्न उत्पादनमा विशेष अफर रहेको छ ।

याे अवसरमा सामसङ, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचलित ब्राण्डले पनि विशेष छुट दिने भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१