close

कुन आईफोन किन्ने ? आईफोन १३, मिनी, प्रो वा प्रो म्याक्स

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १३:१२

कुन आईफोन किन्ने ? आईफोन १३, मिनी, प्रो वा प्रो म्याक्स

काठमाडौं । गत सेप्टेम्बरमा आयोजना भएको एउटा कार्यक्रम मार्फत एप्पलले नयाँ सिरिजको रुपमा आईफोन थर्टिनका स्मार्टफोन सार्वजनिक गरेको थियो । सो इभेन्टमार्फत कम्पनीले आईफोन १३, मिनी, प्रो र प्रो म्याक्स सार्वजनिक गरेको थियो ।

एप्पलको नयाँ ए१५ बायोनिक प्रोसेसर र आईओएस १५ भएका यी फोनहरू विश्व बजारमा उपभोक्ताका लागि उपलब्ध भइसकेका छन् । विश्वभर यसको बिक्री धमाधम भइरहेको छ । हुन त धेरैजसो फिचरहरू समान भएपनि यी सबै फोनका आ- आफ्नै विशेषताहरू छन् । आईफोन १३ सिरिजका फोनहरूमा भएका भिन्नता र समानताको बारेमा यहाँ चर्चा गर्दै छौँ । 

मूल्य

आईफोन १३ सिरिजका फोनहरूको मूल्य करिब करिब आईफोन १२ सिरिजमा जस्तै रहेको छ । १२८ जीबी भेरियन्टको आईफोन १३ मिनीको मूल्य एक लाख २० हजार ९०० रुपैयाँदेखि सुरु हुन्छ ।

त्यस्तै आईफोन १३ को मूल्य एक लाख ३७ हजार ९०० रुपैयाँ, थर्टिन प्रोको एक लाख ७४ हजार ९०० रुपैयाँ र प्रो म्याक्सको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँदेखि सुरु हुन्छ । आईफोन १३ सिरिजको मूल्य यसको स्टोरेजसँगै बढ्दै जान्छ । यसैबीच पहिलो पल्ट एप्पलले आईफोनको सिरिजमा एक टीबी स्टोरेजको पनि व्यवस्था गरेको छ ।    

भर्सन१२८ जीबी२५६ जीबी५१२ जीबी१ टीबी
आईफोन १३ मिनी१,२०,९००/-१,३७,९००/-१,७१,९००/-
आईफोन १३१,३७,९००/-१,५४,९००/-१,८९,९००/
आईफोन १३ प्रो १,७४,९००/-१,८९,९००/-२,२४,९००/-२,५५,९९०/-
आईफोन १३ प्रो म्याक्स१,८९,९००/-२,०५,९००/-२,३९,९९०/-२,७४,९९०/- 

स्टोरेज

यस पटक एप्पलले आफ्नो ६४ जीबी भेरियन्टलाई प्राथमिकतामा राखेको छैन । आईफोन १३ सिरिजका स्मार्टफोनहरू १२८ जीबी स्टोरेजबाट सुरु हुन्छन् ।

आईफोन १३ र १३ मिनी १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको भेरियन्टमा उपलब्ध छन् भने १३ प्रो र १३ प्रो म्याक्स यी तीन भेरियन्ट सहित एक टीबी स्टोरेजको भेरियन्टमा पनि उपलब्ध छन् । आईफोनले एक टीबी स्टोरेज भेरियन्टको स्मार्टफोन ल्याएको यो पहिलोपटक हो । 

साइज र डिजाइन 

आईफोन १३ सिरिजको चार ओटै फोनहरू आईफोन १२ सिरिजका फोनहरूभन्दा तुलनात्मक रूपले मोटा र गह्रौँ छन् र सबै फोनमा सानो नच पनि छ । सन् २०१७ मा सार्वजनिक भएको आईफोन एक्स सिरिजका फोनहरूदेखि आजसम्म एप्पलले सार्वजनिक भएका सबै फोनहरूमा सेल्फी क्यामेराको रुपमा नच डिस्प्ले राख्दै आएको छ ।

यद्यपि आईफोन १२ को तुलनामा आईफोन १३ को नच २० प्रतिशत सानो छ । त्यस्तै आईफोन १२ मिनीको तुलनामा आईफोन १३ मिनीमा मेन क्यामेराको स्थान परिवर्तन गरिएको छ । आईफोन १३ सिरिजको स्क्रिन हेर्ने हो भने १३ मिनीमा ५.४ इन्चको छ भने आईफोन १३ र १३ प्रोमा ६.१ इन्चको छ । त्यस्तै आईफोन १३ प्रो म्याक्समा भने ६.७ इन्चको स्क्रिन उपलब्ध छ । 

डिस्प्ले

यस पटक एप्पलले आईफोन १३ प्रो र प्रो म्याक्समा १२० हर्ज रिफ्रेस रेट सहितको डिस्प्ले उपलब्ध गराएको छ । अन्य मोडेल; आईफोन १३ मिनी र आईफोन १३ मा भने यो फिचर उपलब्ध छैन ।

यो विषयमा एप्पल अलि पछि परेको देखिन्छ । किनभने सामसङ ग्यालेक्सी एस २१ र वानप्लस ९ प्रोमा पहिले नै १२० हर्जको रिफ्रेस रेट उपलब्ध छ । 

क्यामेरा 

आजभोलिका स्मार्टफोनमा धेरै जसो प्रयोगकर्ताले प्राथमिकताको साथ हेर्ने फिचर हो क्यामेराको गुणस्तर । क्यामेराको हिसाबले आईफोन १३ सिरिजका फोनहरूको कुरा गर्ने हो भने यी फोनहरूमा एप्पलले केही अपग्रेड गरेको छ ।

१३ सिरिजका सबै फोनहरूमा सिनेम्याटिक मोड र म्याक्रो फोटोग्राफी सहित अन्य फिचरहरू अपग्रेड गरिएका छन् । यद्यपि लिडार स्क्यानर भने आईफोन १२ को सिरिज जस्तै प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध गराइएको छ ।

यो फिचरले लो लाइटमा पनि राम्रो फोटो खिच्न मद्दत गर्छ । यसले अटो फोकस गर्ने लगायत मान्छेको उचाई नाप्नको लागि पनि मद्दत गर्छ ।

आईफोन १३ र १३ मिनीमा १२ मेगापिक्सेलको वाइड र अल्ट्रा वाइड क्यामेरा उपलब्ध छ भने १३ प्रो र प्रो म्याक्समा तीन नयाँ मेन क्यामेरा सहित १२ मेगापिक्सेलको वाइड, अल्ट्रा वाइड र टेलिफोटो लेन्स उपलब्ध छन् । यो सिरिजसँगै आईफोनले पहिलो पल्ट क्यामेरामा नाइट मोड पनि उपलब्ध गराएको छ । 

ब्याट्री 

आईफोनका पुराना सिरिजहरूको तुलनामा १३ सिरिजका फोनहरूमा ब्याट्री लामो समयसम्म टिक्ने बताइएको छ । कम्पनीले आईफोन १३ र १३ मिनीमा १७ देखि १९ घण्टासम्म र आईफोन १३ प्रोमा २२ घण्टा र प्रो म्याक्समा २८ घण्टासम्म ब्याट्री टिक्ने दाबी गरेको छ ।

यद्यपि एप्पलले कतिको ब्याट्री प्रयोग भएको भन्ने विवरण सार्वजनिक गरेको छैन । आईफोन १३ प्रोमा आईफोन १३ भन्दा सानो ब्याट्री प्रयोग भएको बताइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१