close

बजार बिगारेकाे भन्दै गुगललाई ३ खर्ब २९ करोड जरिवाना

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १७:३२

बजार बिगारेकाे भन्दै गुगललाई ३ खर्ब २९ करोड जरिवाना

काठमाडौं । अदालतले युरोपियन कमिसनको पक्षमा निर्णय गरेसँगै गुगलले २.७६ अर्ब डलर अर्थात तीन खर्ब २९ करोडभन्दा बढी जरिवाना बुझाउनुपर्ने भएको छ ।

सन् २०१७ मा युरोपियन कमिसनले कानून उल्लंघन गरेको भन्दै गुगललाई जरिवाना तिराउने निर्णय गरेको थियो ।

गुगलले आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी बजारमा प्रतिस्पर्धाको वातावरण बिगारेको आरोप लागेको थियो ।

सर्च इन्जिनमा सर्च गर्दा गुगलले प्रतिस्पर्धी कम्पनीको प्रडक्टलाई कम स्थान दिने र आफ्ना प्रडक्टलाई राम्रो स्थान दिने गरेको जनाइएको थियो ।

त्यसैका आधारमा युरोपियन कमिसनले गुगललाई २.७६ बिलियन डलर कारबाही गर्ने निर्णय गरेको थियो ।

त्योसँगै युरोपियन कमिसनको निर्णयविरुद्ध गुगल अदालत पुगेको थियो । तर, अदालतले पनि गुगलको कमजोरी स्वीकार्दै युरोपियन कमिसनको निर्णयलाई नै सदर गरेसँगै अब गुगलले उक्त रकम बझाउनुपर्ने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१