close

स्न्यापड्रागन ८९८ प्रोसेसरका साथ सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस२२

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १९:१६

स्न्यापड्रागन ८९८ प्रोसेसरका साथ सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस२२

काठमाडौं । सामसङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस२२ को विषयमा पछिल्लो केही समययता विभिन्न जानकारी सार्वजनिक भइरहेका छन् ।

फोल्डेबल फोनमा उल्लेख्य सफलता हात पारेको सामसङ हाल नन-फोल्डेबल फ्ल्यागशिप फोन ग्यालेक्सी एस२२ को तयारीमा जुटेको छ ।

जसमा कम्पनीले एस२२ का साथै एस २२ प्लस र एस२२ अल्ट्रा भित्र्याउन तयारी गरिरहेको बताइएको छ । हालै प्राप्त जानकारीअनुसार यी फोनमा स्न्यापड्रागन ८९८ प्रोसेसर हुनेछ ।

हुन त यसअघिका फोनमा कम्पनीले स्न्यापड्रागन प्रोसेसरयुक्त फोन अमेरिकी बजारमा मात्रै उपलब्ध गराउँदै आएको थियो ।

अन्य मुलुकमा उपलब्ध हुने फोनमा कम्पनीको आफ्नै प्रोसेसर एक्सवाइनस प्रयोग हुने गरेको थियो । तर, यो पटक भने कम्पनीले स्न्यापड्रागन ८९८ प्रोसेसरमै आधारित फोन भारतीय बजारमा समेत उपलब्ध गराउने गरी काम गरिरहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१